शीर्ष नेताहरूबीच जुटेन सहमति, प्रतिनिधिसभा बैठक मंगलबारलाई सर्‍याे

सभामुखसहित शीर्ष नेताहरूकाे बैठक मंगलबार पनि बस्ने

प्रनिधिसभाको बैठक भोलि दिउँसो ३ बजेका लागि सारिएकाे छ। पूर्वनिर्धारित तालिकाअनुसार आज बैठक बस्न नसकेपछि मंगलबार दिउँसो ३ बजेका लागि सारिएको हो।

आज दिउँसो १ बजे बैठक बस्न नसकेपछि आजै दिउँसो ४ बजेका लागि सारिएको थियो। संघीय संसदका महासचिव डा. भरतराज गौतमले बैठक विशेष कारणले उक्त समयमा बस्न नसकेको बताए।

सत्तारूढ गठबन्धन र प्रमुख प्रतिपक्षबीच सहमति जुट्न नसकेपछि बैठक सरेकाे हाे।

प्रमुख प्रतिपक्ष नेकपा (एमाले) ले सुन तस्करी प्रकरण अनुसन्धानका लागि उच्चरस्तरीय समिति गठनकाे माग गर्दै संसद अवरूद्ध गर्दै आएकाे छ।

अवराेध खुलाउन आज प्रमुख तीन दलका शीर्ष नेताहरूबीच दुई चरणमा छलफल भए पनि सहमति जुट्न सकेन।

सिंहदरबारस्थित सभामुखको कार्यकक्ष र नयाँ बानेश्वरस्थित संसद भवनमा दुई चरणमा छलफल भए पनि सहमति जुट्न नसकेकाे हाे।

सभामुख देवराज घिमिरेकाे पहलमा प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र दलहरूका प्रमुख सचेतकहरूबीच दुई पटक छलफल भएकाे थियाे।

सहमति नजुटेपछि मंगलबार पुन: शीर्ष नेता र सभामुखकाे बैठक बस्ने भएकाे छ।

प्रधानमन्त्री निवास बालुवाटारमा सभामुखसहित शीर्ष नेताहरूकाे बैठक मंगलबार बिहान साढे १० बजेका लागि बोलाइएको हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर