संसद सञ्चालनकाे सहमतिका लागि शीर्ष नेताहरू दाेस्राे चरणकाे छलफलमा

संसदकाे अवराेध खुलाउने सहमतिका लागि प्रमुख तीन दलका शीर्ष नेताहरूबीच दाेस्राे चरणकाे छलफल सुरू भएकाे छ।

मध्याह्न १२ बजेदेखि साढे दुई बजेसम्म प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेकाे कार्यकक्ष सिंहदरबारमा बसेको पहिलो बैठकमा सहमति हुन नसकेपछि दाेस्राे चरणकाे छलफल भइरहेकाे हाे।

पहिलाे बैठकमा आ-आफ्ना पार्टीमा आन्तरिक छलफल गर्ने र पुनः बैठक बस्ने सहमति भएअनुसार अहिले फेरि बैठक बसेकाे हाे।

छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रमुख विपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलगायतका प्रमुख सचेतक र सचेतक सहभागी छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर