सुन तस्करी प्रकरणको सीआईबीले थाल्यो अनुसन्धान, एसपी थापा तोकिए अनुसन्धान अधिकृत

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले एक क्विन्टल सुन तस्करी प्रकरणको अनुसन्धान सुरू गरेको छ।

सीआईबीका अनुसार प्रकरणको अनुसन्धानका लागि प्रहरी उपरीक्षक (एसपी) सञ्जयसिंह थापालाई अनुसन्धान अधिकृत तोकिएको छ।

यसअघि राजस्व अनुसन्धान विभागले तस्करीको सुन बरामद गरी अभियुक्तहरूलाई पक्राउ गरेर अनुसन्धान गरिरहेकामा आइतबार थप अनुसन्धानका लागि फाइल र पक्राउ आरोपीहरू सीआईबीलाई बुझाएको थियो।

प्रकरणमा पक्राउ १८ मध्ये एक जना हाजिर जमानीमा छुटेका थिए। हाल १७ जना सीआईबीको हिरासतमा छन्।

राजस्वले अनुसन्धानको जिम्मा सुम्पिएसँगै सीआईबीले सोमबारदेखि थप अनुसन्धान प्रक्रिया अघि बढाएको हो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरबाट साउन ३ गते तस्करीको करिब एक क्विन्टल सुन बरामद भएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *