नेकपा एसका अध्यक्ष नेपाल जेनेभा प्रस्थान, कावा अध्यक्षकाे जिम्मेवारी वेदुराम भुसाललाई

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल स्विटजरल्याण्डको जेनेभातर्फ प्रस्थान गरेका छन्।

प्रवासी नेपाली एकता मञ्च युरोपद्वारा स्विटजरल्याण्डलगायतका विभिन्न देशमा आयोजना हुने विभिन्न कार्यक्रममा सहभागी हुन उनी आज बिहान त्यसतर्फ प्रस्थान गरेका हुन्।

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपाल आगामी भदौ १ गते स्वदेश फर्किने कार्यक्रम रहेको उनका निजी सचिव मोहन गौतमले जानकारी दिए।

अध्यक्ष नेपालको अनुपस्थितिमा कार्यवाहक अध्यक्षको जिम्मेवारी पार्टीका उपाध्यक्ष एवं कृषि तथा पशुपन्छीमन्त्री डा. वेदुराम भुसालले सम्हाल्ने भएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर