राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा यूरोलोजी सेवा सुरू

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा यूरोलोजी सेवा सुरू गरिएको छ। युरोलोजिष्ट सर्जन डा. प्रबोध रेग्मीले सो सेवा दिने प्रतिष्ठानका डेपुटी रजिस्ट्रार झङ्कार लामिछानेले जानकारी दिए।

यूरोलोजी सेवाअन्तर्गत पिसाबसम्बन्धी सबै, प्रोष्टेड र मिर्गाैलामा भएको पत्थरी, पिसाबको नली, पित्तथैलीको पत्थरी, अण्डकोषमा मासु पलाएको, सुन्निएको, पिसाब पोल्ने, चुहिने लगायतका विभिन्न सेवा बिरामीले प्राप्त गर्न सक्नेछन्।

अस्पतालका निमित्त निर्देशक तथा ज्येष्ठ नागरिक रोग विशेषज्ञ डा. रमेश कँडेलले यूरोलोजी सेवा थप भएको जनाउँदै अब बिरामीले स्थानीयस्तरमै सहज रूपमा विशेषज्ञ सेवा प्राप्त गर्न सक्ने बताए। यूरोलोजिष्ट चिकित्सक रेग्मी आजदेखि सो अस्पतालमा हाजिर भइसकेका छन्।

डा. रेग्मी लामो समयदेखि यूरोलोजी सेवा दिएका अनुभवी चिकित्सक हुन्। डा. रेग्मीलाई प्रतिष्ठानका शिक्षाध्यक्ष डा. वसन्त लामिछाने, अस्पतालका निमित्त निर्देशक डा. कँडेल, सहायक निर्देशक डा. एन्जिलिका कार्की, अस्पताल प्रशासक लामिछानेसहित चिकित्सक र कर्मचारीले आज एक कार्यक्रबीच स्वागत गरेका हुन्।

त्यस्तै एमजीडीपीमा प्रोफेसर डा. नारायणसिंह गुरूङ र सर्जरीमा एसाेसिएट प्रोफेसर डा. सूर्यमान गुरूङले पनि सेवा सुरू गरेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *