टोखा नगरपालिकाभित्र सार्वजनिकस्थलमा धूमपान गरे कारबाही

टोखा नगरपालिकाले सार्वजनिकस्थलमा धूमपान गरे कारबाही गर्ने भएको छ। टोखाले सुर्तीजन्य पदार्थ (नियमन तथा नियन्त्रण गर्ने) ऐन, २०६८ (प्रथम संशोधन २०७६ सहित) मा भएको व्यवस्थाबमोजिम सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थको सेवन नगर्न आग्रह गरेको हो।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बीसीले सार्वजनिकस्थलबाट एक सय मिटर वरपरको क्षेत्रभित्र सूर्तीजन्य पदार्थको बिक्री वितरण गरेमा कानूनबमोजिम कारबाही गर्ने जानकारी दिए।

सो नगरपालिकाले गत हप्ता मात्रै टोखाभित्रका सार्वजनिक जग्गाको संरक्षण गर्ने नीति लिएर सार्वजनिक जग्गा संरक्षणमा जुटेको छ। काठमाडौँको उत्तरी क्षेत्रमा पर्ने टोखामा ११ वडा रहेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर