प्रधानमन्त्री दाहालको चीन भ्रमण सेप्टेम्बर तेस्रो साता

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी सेप्टेम्बर तेस्रो साता छिमेकी मुलुक चीनको भ्रमण गर्ने भएका छन्।

परराष्ट्रमन्त्री एनपी साउदले आज उनले सेप्टेम्बरको तेस्रो/चौथो साता चीनको भ्रमण गर्ने जानकारी दिए। प्रहरी चारित्रिक प्रमाणपत्रलाई पूर्ण रूपमा अनलाइन माध्यमबाट प्रमाणीकरण गर्ने कार्यको शुभारम्भ कार्यक्रममा मन्त्री साउदले भनले, ‘हामी त्यसको तयारी अवस्थामा छौँ।’

उनले वर्तमान सरकार सदैव छिमेकी तथा मित्रराष्ट्रसँग सुमधुर सम्बन्ध बनाउने र निरन्तरता दिने पक्षमा रहेको स्पष्ट पारे।

वर्तमान सरकार गठनपछि प्रधानमन्त्री दाहालको फलदायी भारत भ्रमण भएको उल्लेख गर्दै मन्त्री साउदले सो अवसरमा महत्त्वपूर्ण उपलब्धि हासिल भएको बताए। उनले अन्तर्राष्ट्रिय सम्बन्ध परस्पर राष्ट्रिय हित र स्वार्थका आधारमा अघि बढाउँदा नै मुलुक र जनताको हित हुने उल्लेख गर्दै विदेश नीतिका सम्बन्धमा सबै पार्टी र पक्षबीच सहमति हुनुपर्ने धारणा व्यक्त गरे।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *