फेवातालमा डुबेर बालकको मृत्यु

पोखरा महानगरपालिका–६ लेकसाईड केदारेश्वर मन्दिर पछाडि फेवा तालमा डुबेर सोही महानगरपालिका–६ जरेबर बस्ने १२ वर्षीय कुशल पुलामी मगरको शनिबार दिउँसो मृत्यु भएको छ ।

चार जना बालकहरु पौडी खेल्ने क्रममा कुशल डुबेको भन्ने खबर प्राप्त हुनासाथ गण्डकी प्रदेश प्रहरी गणसमेतको उद्दार टोलीले उद्दार गरी उपचारको लागि पश्चिम क्षेत्रीय अस्पताल लगेकोमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर