काठमाडौँको तारकेश्वरमा पहिराले घर पुरिँदा बाबुछोरीको मृत्यु

काठमाडौँको तारकेश्वर नगरपालिका–५ मा पहिराले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ ।

तारकेश्वर –५ चो गाउँमा गए राति आएको पहिराले नुवाकोट सामरी घर भई हाल तारकेश्वर स्थित चोगाउँमा भाडामा बस्दै आएका ४१ वर्षीय गणेश तामाङ र उनकी १५ वर्षीया छोरी आस्मा तामाङको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक कुमोद ढुङ्गेलले जानकारी दिए ।

पहिरोमा पुरिएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले स्थानीय वासिन्दाको सहयोगमा उद्धार गरी उपचारको लागि शिक्षण अस्पताल महाराजगञ्जमा पठाएकोमा उनीहरुको उपचारको क्रममा मृत्यु भएको हो ।  साथै पहिरोमा पुरिएर घाइते भएकी गणेशकी श्रीमती ३५ वर्षीया सन्जु तामाङको सोही अस्पतालमा उपचार भइरहेको छ ।

उनका अनुसार गए राति घरमाथिबाट खसेको पहिराले तामाङ भाडामा बस्दै आएको घर (टहरो) पुरिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर