
प्रधानमन्त्री प्रचण्ड र भारतीय प्रधानमन्त्री मोदीबीच टेलिफोन वार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन वार्ता भएको छ।
भारतको प्रधानमन्त्री कार्यालयका अनुसार भारतीय प्रधानमन्त्री मोदीले शनिवार प्रधानमन्त्री प्रचण्डलाई टेलिफोन गरेका थिए।
टेलिफोन वार्तामा दुई प्रधानमन्त्रीले भारत-नेपाल द्विपक्षीय सहयोगका विभिन्न पक्षको समीक्षा गरेका छन्।
साथै द्विपक्षीय साझेदारीलाई अगाडि बढाउन र प्रगाढ सम्बन्धलाई अझ सुदृढ बनाउन प्रधानमन्त्री प्रचण्डको गत जेठमा भएको चारदिने भारत भ्रमणको बारेमा पनि कुराकानी भएको छ।
यो टेलिफोन वार्ताले दुई देशबीचको उच्चस्तरीय आदानप्रदानको परम्परालाई निरन्तरता दिएको भारतीय प्रधानमन्त्रीको कार्यालयले जनाएको छ।
प्रतिक्रिया