लमजुङमा कौडा खेल्दै गरेका २२ जना पक्राउ

लमजुङमा कौडा खेल्ने २२ जना पक्राउ परेका छन् ।

लमजुङको मर्स्याङदी गाउँपालिका ९ डेरा गरी बस्ने सोही गाउँपालिका ३ घर भएका ४० वर्षीय धन बहादुर तामाङको कोठामा जुवा (कौडा) खेलिरहेको अवस्थामा २२ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको हो ।

विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय लमजुङबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५ लाख ७० रूपैयाँ र कौडा १६ थानसहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *