![Pardafas.com](https://www.pardafas.com/wp-content/uploads/2022/06/pardafas-logo.png)
युक्रेनले रूसको कृष्ण सागरमा रहेको नौसैनिक बेसमा आक्रमण गर्ने प्रयास गरेको रूसको दाबी
![clock](https://www.pardafas.com/wp-content/themes/pardafas/assets/img/clock-icon.png)
![युक्रेनले रूसको कृष्ण सागरमा रहेको नौसैनिक बेसमा आक्रमण गर्ने प्रयास गरेको रूसको दाबी](https://www.pardafas.com/wp-content/uploads/2023/08/boat.jpg)
रूसी रक्षा मन्त्रालयले मानवरहित युक्रेनी डुङ्गाले कृष्ण सागरको किनारमा अवस्थित नोभोरोसियस्क बन्दरगाहमा रहेको रूसी नौसैनिक अखडामा आक्रमण गर्ने प्रयास गरेको दाबी गरेको छ । तर, रूसी जहाजहरूले सो प्रयासालाई विफल पारेको पनि रूसले जनाएको छ ।
‘आज राति युक्रेनी सशस्त्र बलले नोभोरोसियस्क नौसैनिक आधारमा दुई मानवरहित डुङ्गाहरूद्वारा आक्रमण गर्ने प्रयास गरेको थियो, तर प्रतिकारका क्रममा ती डुङ्गाहरू नष्ट गरिएको छ,’ रूसी रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
नोभोरोसियस्कस्थित ट्याङ्करहरूमा तेल लोड गर्ने क्यास्पियन पाइपलाइन कन्सोर्टियमले सो आक्रमण प्रयासबाट पूर्वाधारमा कुनै क्षति नपुगेको र तेल लोडिङ कार्य सामान्य रूपमा भइरहेको जनाएको छ ।
यद्यपि बन्दरगाहमा जहाज आवागमनमा अस्थायी प्रतिबन्ध भने लगाइएको छ ।
कन्सोर्टियमसँग पाइपलाइन प्रणाली छ जसले काजाकिस्तानलाई नोभोरोसियस्कको बन्दरगाहसँग जोड्छ जहाँ विश्व बजारहरूमा ढुवानीका लागि ट्याङ्करहरूमा तेल लोड गर्ने गरिन्छ ।
प्रतिक्रिया