दोलखा पहिरो अपडेट: बेपत्ता मध्ये एकजनाको शव भेटियो तीन जनाको खोजी जारी

दोलखाको गौरीशंकर गाउँपालिका–८ सल्लेमा पहिरोले घर बगाउँदा वेपत्ता भएका एक मध्ये एक जनाको शव फेला परेको छ ।

दोलखाको गौरीशंकर गाउँपालिका– ७ र ८ को सिमानामा गएको पहिरोमा पुरिएर बेपत्ता भएका मध्ये वडा नं ७ का तीन वर्षीय प्रिन्स थामीको शव फेला परेको वडा न ७ का वडाध्यक्ष सोनाम शेर्पाले जानकारी दिए ।

पहिरोमा पुरिएका सोही स्थानका कृष्ण मगर, उनीकी श्रीमती देव मगर र हरिलाल श्रेष्ठ भने बेपत्ता छन् । उनीहरूको खोजी भइरहेको छ । घाइते तीन जनाको उद्धार गरिएको छ ।

बिहीबार राती वर्षाको कारण वडा नं ७ बाट आएको पहिरो वडा नंं ७ को बस्तीमा पसेर सो क्षति गराएको दोलखाका सूचना अधिकारी औलाख बहादुर आलले जानकारी दिए । पहिरोले सात घर पूर्ण रूपमा क्षति भएका छन् भने वडा नं ७ र ८ का २० घर बढी पहिरोको उच्च जोखिममा छन्  ।

पहिरोले घट्टेखोलाको झोलुङ्गे पुलमा समेत बाढीले क्षति पु¥याएको छ । सुरक्षाकर्र्मी अहिलेसम्म सो स्थानमा पुग्न सकेका छैनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर