क्यानडाका प्रधानमन्त्री ट्रुडाेले गरे श्रीमतीसँग सम्बन्धविच्छेद

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो र उनकी श्रीमती सोफी ग्रेगोयरबीच सम्बन्धविच्छेद भएको छ।

उनीहरूले १८ वर्ष लामो सहयात्रा तोडेका हुन्।

५१ वर्षीय ट्रुडो र ४८ वर्षीया सोफीबीच सन् २००५ मा विवाह भएको थियो। उनीहरूका तीन सन्तान छन्।

सम्बन्धविच्छेदबारे जाकनारी गराउँदै प्रधानमन्त्री ट्रुडोले सामाजिक सञ्जाल इन्स्टाग्राममा लेखेका छन, ‘म र सोफी तपाईंहरूलाई यो कुरा भन्न चाहन्छौं कि धेरै अर्थपूर्ण र कठिन कुराकानीपछि हामीले अलग हुने निर्णय गरेका छौं। सधैंझैं एकअर्कालाई सम्मान, मायाका साथ परिवारसरह रहने छौं।’

दम्पतीले आफ्ना सन्तानको गोपनीयतालाई ख्याल गरिदिन पनि अनुरोध गरेका छन्।

ट्रुडो सन् २०१५ मा ४३ वर्षको उमेरमा क्यानडाको प्रधानमन्त्री बनेका थिए। उनीहरूको वैवाहिक सम्बन्धमा केही वर्षयता दरार आएको थियो।

प्रधानमन्त्री ट्रुडोको कार्यालयले भने उनीहरूले छोडपत्रमा हस्ताक्षर गरिसके पनि उनीहरू अझै सार्वजनिक रूपमा देखापर्ने जनाएको छ।

पछिल्ला वर्षहरूमा उनीहरू सार्वजनिक रूपमा विरलै देखिएका थिए।

गत मेमा बेलायती राजा चार्ल्स तृतीयको राज्याभिषेकमा उनीहरू सँगै सहभागी भएका थिए।

 

 

 

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर