झापामा तस्करीकाे करिब ३ हजार किलाे सुपारीसहित एक जना पक्राउ 

झापाकाे मेचीनगर नगरपालिका-१३, चारआली चोकबाट अवैध सुपारी २ हजार ८ सय ५० केजीसहित एक जना पक्राउ परेका छन्।
मोरङ उर्लाबारी नगरपालिका-७ बस्ने १९ वर्षीय आकाश धिमाललाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हाे।
प्रहरी चौकी चारआलीबाट खटिएको प्रहरीले को १ च ८९६७ नम्बरको पिकअप गाडीलाई जाँच गर्ने क्रममा ६१ वटा बोरामा रहेको उक्त परिमाणको सुपारी फेला पारी गाडीसहित चालक धिमाललाई पक्राउ गरेको हो।
उनलाई आवश्यक कारबाही तथा अनुसन्धानका लागि आन्तरिक राजस्व कार्यलाय इटहरी, सुनसरीमा पठाइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *