प्रधानन्यायाधीश सिफारिसका लागि संवैधानिक परिषदको बैठक जारी
१६ साउन २०८० १६:५१
संवैधानिक परिषदको बैठक अहिले बसिरहेको छ। नयाँ प्रधानन्यायाधीशकाे नाम सिफारिसका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषदकाे कार्यालय सिंहदरबारमा बैठक बसिरहेकाे हाे।
प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको पदावधि साउन २० गते सकिँदै छ। पदावधि सकिन एक महिना बाँकी छँदै नयाँ प्रधानन्यायाधीश सिफारिस गर्नुपर्नेमा अहिलेसम्म त्यसाे हुन सकेकाे छैन।
प्रतिक्रिया