भारतबाट आयो इन्धनकाे नयाँ मूल्यसूची, पेट्रोल, डिजेल र मट्टितेलकाे बढ्दा ग्यासकाे घट्याे

भारतीय आयल कर्पोरेशन (आईओसी) ले नेपाल आयल निगमलाई इन्धनको नयाँ मूल्यसूची पठाएको छ।

निगमलाई प्राप्त नयाँ मूल्यसूचीअनुसार पेट्रोल, डिजेल र मट्टितेलकाे मूल्य बढेर आएको छ।

निगमका अनुसार पेट्रोलममा साढे ८ रूपैयाँ, डिजेलमा सात र मट्टितेलमा साढे सात रूपैयाँ बढेर आएको छ। त्यस्तै हवाई इन्धनमा साढे आठ रूपैयाँ बढेको छ।

एलपीजी ग्यासको मूल्य भने प्रतिसिलिण्डर १०० रूपैयाँ घटेर आएको छ।

आईओसीले पठाएको सूचीअनुसार नै नेपालमा पनि स्वचालित प्रणालीबाट मूल्य समायोजन हुनेछ। आईओसीले हरेक १५-१५ दिनमा नयाँ मूल्यसूची पठाउँछ। सोअनुसार स्वचालित प्रणालीबाट निगमले मूल्य समायोजन गर्नेछ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *