
प्रधानन्यायाधीश नियुक्ति सिफारिसका लागि संवैधानिक परिषदको बैठक बस्दै

संवैधानिक परिषदको बैठक आज बस्दैछ । नयाँ प्रधानन्यायाधीशका लागि नाम सिफारिस गर्ने एजेन्डा रहेको बैठक आज दिउँसो ४ बजे बस्न लागेको हो।
यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच प्रधानन्यायाधीश नियुक्तिका विषयमा छलफल भएको थियो।
तीन शीर्ष नेताबीचको छलफलपछि प्रधानमन्त्री दाहालले संवैधानिक परिषदको बैठक डाकेका हुन्।
हालका प्रधानन्यायाधीश हरिकृष्ण कार्की साउन २० गते अवकाशमा जाँदैछन्। अवकाशमा जाने भएपछि कार्कीले अहिले बेन्च राखेका छैनन्।
प्रतिक्रिया