गृह प्रवक्ता फेरिए
१५ साउन २०८० १३:२६
गृह मन्त्रालयले प्रवक्ताको जिम्मेवारी सहसचिव नारायणप्रसाद भट्टराईलाई दिएको छ ।
यसअघि प्रवक्ता रहेका सहसचिव जितेन्द्र बस्नेत काठमाडौंको प्रमुख जिल्ला अधिकारीमा सरुवा भएपछि भट्टराईले सो जिम्मेवारी दिइएको हो ।
सहसचिव भट्टराई यसअघि यातायात व्यवस्था विभागको महानिर्देशक थिए। गृह मन्त्रालयमा सरुवा गरी उनलाई शान्ति सुरक्षा समन्वय महाशाखाको जिम्मेवारी दिइएको छ।
प्रतिक्रिया