![Pardafas.com](https://www.pardafas.com/wp-content/uploads/2022/06/pardafas-logo.png)
सशस्त्र प्रहरीद्वारा बाढीमा फसेका चार जनाको उद्धार
![clock](https://www.pardafas.com/wp-content/themes/pardafas/assets/img/clock-icon.png)
![सशस्त्र प्रहरीद्वारा बाढीमा फसेका चार जनाको उद्धार](https://www.pardafas.com/wp-content/uploads/2023/07/apf-floods-rescue-2023.jpg)
सशस्त्र प्रहरीले कास्कीको पोखरा महानगरपालिका-१३, काहुँखोला साझास्थित विजयपुर खोलामा फसेका चार जनाको शनिबार राति उद्धार गरेको छ।
निर्माणधीन पानी ट्यांकी बोरिङको प्रतीक्षालयमा बसिरहेको अवस्थामा अविरल वर्षाका कारण एक्कासी आएको बाढीमा फसेका उनीहरूको उद्धार भएको हो।
सो बाढीमा सोही ठाउँ बस्ने २३ वर्षी प्रेम सुनार, ४० वर्षीय सुदीप गुरूङ, २८ वर्षीय अर्जुुन विक र १९ वर्षीय क्षितिज नेपाली फसेका थिए।
सोबारे जानकारी पाउनासाथ नं. २४ कालिका गण कास्कीबाट खटिएको विपद् व्यवस्थापन तालिम प्राप्त टोलीले उनीहरूको उद्धार गरेकाे सशस्त्र प्रहरी निरीक्षक दिलकुमार श्रेष्ठले जानकारी दिए।
प्रतिक्रिया