मादी नदीमा एक पुरूषको शव फेला

तनहुँको व्यास नगरपालिका-१० स्थित मादी नदीमा आज एक पुरूषको शव फेला परेको छ। बैरेनीस्थित मादी नदी किनारमा तैरिरहेको अवस्थामा पुरूषको शव फेला परेको हो।

अन्दाजी ५० वर्षका ती व्यक्तिको पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालय, तनहुँले जनाएको छ। स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। शवको सनाखतका लागि प्रयास भइरहेको प्रहरीको भनाइ छ। शवलाई दमौली अस्पतालमा राखिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर