
रेडी ट्रेडको गोदामबाट बरामद अधिकांश कार्टुन खोलिएको फेला


राजस्व अनुसन्धान विभागको टोलीले बुधबार काठमाडौँको सोह्रखुट्टेस्थित रेडी ट्रेडको गोदामबाट बरामद गरेको ६६ कार्टुनमध्ये धेरै कार्टुन खोलिएको फेला परेको छ ।
विभागले सुन लुकाएको आशङ्कामा गोदाममा छापा मारेर ती कार्टुन बरामद गरेको थियो । ‘ती कार्टुनहरू साउन ३ गते सिनामङ्गलबाट ‘ब्रेक शु’ भित्र लुकाएर ल्याएको सुनको कार्टुनको आकारका कार्टुनहरू थिए । हेर्दा धेरै कार्टुनहरू खोलिएको फेला परेको छ, यद्यपि अन्य विषयमा भने अनुसन्धान टोलीले अनुसन्धान गरिरहेको छ’, विभागका सूचना अधिकारी नवराज अधिकारीले भने ।
यही साउन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालय अगाडिबाट बरामद गरिएको झण्डै सय किलो सुन त्यही रेडी ट्रेड प्रालिको नाममा आएको थियो ।
विभागले अन्य शङ्कास्पद क्षेत्रमा पनि छापा मार्ने र संलग्नको आशङ्का गरिएको व्यक्ति खोजि गरिरहेको जनाइएको छ । विभागले उक्त सुन प्रकरणमा १७ जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । बरामद गरिएको सुन भने राष्ट्र बैंकको टक्सार महाशाखामा राखिएको छ ।
- परराष्ट्रमन्त्रीद्वारा युक्रेनका विदेशमन्त्रीसँग वार्ता, युक्रेनी सेनाको कब्जामा रहेका ७ नेपालीलाई मुक्त गर्न माग
- पश्चिमा देशहरूले फरक-फरक किसिमको व्यवहार गर्दा विश्वको शान्ति खल्बलियो : विश्व नेताहरू
- सुन तस्करीमा पाँच वर्ष जेल बसेका लामा २५ करोडसहित फेरी समातिए
- मोरङमा आगलागी परी दुई बालबालिकाको मृत्यु, ८ घर नष्ट
प्रतिक्रिया