नेपाल इन्भेष्टमेन्ट मेगा बैंक ‘युरोमनी अवार्ड फर एकसिलेन्स’ बाट तेस्राे पटक सम्मानित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड ‘युरोमनी अवार्ड फर एकसिलेन्–२०२३’ बाट सम्मानित भएको छ । युरोमनी बेलायतको अन्तर्राष्ट्रिय वित्तीय प्रकाशन हो ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले उक्त अवार्ड प्राप्त गरेको यो समेत तेस्रो पटक भएको बैंकले जनाएको छ ।

यसअघि सन् २०१८ र २०२१ मा पनि बैंकले यस अवार्ड हासिल गरेको थियो । वर्षभरिको कार्यसम्पादन, रणनीतिक वृद्धि तथा आफ्ना ग्राहकहरूलाई उपयुक्त सेवाहरू र शाखारहित बैंकिङ सेवा उपलब्ध गराएको कारण नेपाल इन्भेष्टमेट मेगा बैंकलाई युरोमनीले वित्तीय समावेशीकरणको श्रेय दिएको बैंकको दाबी छ ।

भूतपूर्व सेनाका कर्मचारी, बहालवाला सेवाकर्मी र उनीहरूका परिवारलाई विपन्न क्षेत्र ऋण कार्यक्रम मार्फत सहुलियत दरमा ऋण उपलब्ध गराएकै कारण युरोमनीबाट सम्मानित भएको बैंकले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *