इटली भ्रमणमा निस्किए प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ इटली प्रस्थान गरेका छन्।

संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठनको मुख्यालयमा आयोजना हुने युनाइटेड नेसन्स फुड सिस्ट, २०२३ स्टकिङ मोमेन्टमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड इटली गएका हुन्।

उनी कतार एयरलाइन्सको विमानमार्फत शनिबार साँझ त्यसतर्फ प्रस्थान गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रधानमन्त्री प्रचण्डले अतिकम विकसित मुलुकको अध्यक्षको हैसियतमा सोमबार सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्ने कार्यसूची रहेको छ।

भ्रमण टोलीमा कृषि तथा पशुपन्छी विकासमन्त्री डा. वेदुराम भुसाल, राष्ट्रिय योजना आयोगका सदस्य डा. जयकान्त राउत र नेपाल सरकारका अन्य वरिष्ठ अधिकारी छन्।

भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले अतिकम विकसित मुलुकको अध्यक्षको हैसियतमा सोमबार सम्मेलनको उदघाटन सत्रलाई सम्बोधन गर्नेछन्।

बुधबार बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री ’प्रचण्ड’ को इटली भ्रमण स्वीकृत गरेको थियो।

उनी चार दिनपछि स्वदेश फर्कने छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *