
प्रतिनिधिसभा बैठकमा राप्रपा र रास्वपाको अवरोध

राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभा बैठकमा अवरोध गरेका छन्।
आइतबार बसेको बैठकमा ‘केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०८०’ संसदमा पेस गर्न सभामुख देवराज घिमिरेले निर्णयार्थ प्रस्तुत नगरेको भन्दै राप्रपा र रास्वपाले संसद अवरोध गरेका हुन्।
तर सभामुख देवराज घिमिरेले भने संसदमा सो विधेयक पेस गर्न आफूले निर्णयार्थ प्रस्तुत गरी बहुमतले स्वीकृत भएको बताएका छन्।
बैठक १५ मिनेटका लागि स्थगित भएको छ।
प्रतिक्रिया