
एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै


नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक आज बस्ने भएको छ। कीर्तिपुरस्थित पुष्पलाल स्मृति पार्कमा सचिवालय बैठक बस्ने पार्टीका उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए।
उनका अनुसार बैठक तीन दिनसम्म सञ्चालन हुनेछ। आजको बैठकमा एकवर्षे पार्टी सङ्गठन सुदृढ अभियानको समीक्षा गरिनेछ। यसैगरी कतिपय नेता कार्यकर्ताले पार्टीको जिम्मेवारी छाडेकाले त्यस स्थानमा कसलाई जिम्मेवारी दिने भन्ने विषयमा समेत छलफल हुने उपाध्यक्ष पाण्डेले बताए।
पार्टी गठनमा साथ दिएका मुकुन्द न्यौपाने, केदार न्यौपाने, चुडामणि जङ्गलीलगायतले नेकपा (एकीकृत समाजवादी) पार्टी केही समयअघि मात्र छाडेका थिए।
प्रतिक्रिया