
सुडान ‘पूर्णतया गृहयुद्ध’ को अवस्थामा पुगेको राष्ट्रसंघको भनाइ


संयुक्त राष्ट्रसङ्घले सुडानको एक आवासीय क्षेत्रमा भएको हवाई आक्रमणमा परी करिब दुई दर्जन सर्वसाधारणको मृत्यु भएपछि द्वन्द्वग्रस्त सुडान ‘पूर्ण गृहयुद्ध’ को सङ्घारमा पुगेको चेतावनी दिएको छ ।
खार्तूमको भगिनी शहर ओमदुरमानमा शनिबार भएको हवाई आक्रमणमा परी २२ जनाको मृत्यु हुनुका साथै ठूलो सङ्ख्यामा सर्वसाधारण घाइते भएको सुडानी स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
सुडानका प्रतिद्वन्द्वी जनरलहरूबीच करिब तीन महिना लामो युद्धपछि भएको यो हवाई आक्रमण आक्रोश भड्काउने पछिल्लो घटना हो ।
उनले भने, ‘द्वन्द्वमा करिब तीन व्यक्तिको मृत्यु भएको छ, पीडितहरूले यौन हिंसाको लहरको रिपोर्ट गरेका छन् र प्रत्यक्षदर्शीहरूले जातीय रूपमा लक्षित हत्याहरूको बारेमा बताएका छन् । त्यहाँ व्यापक लुटपाट भएको छ र संयुक्त राष्ट्रसङ्घले डार्फर क्षेत्रमा मानवताविरुद्धको सम्भावित अपराधबारे चेतावनी दिएको छ ।’
स्वास्थ्य मन्त्रालयले फेसबुकमा पोस्ट गरेको भिडियोमा हवाई आक्रमणपछि टुक्रा–टुक्रा पारिएको शव आंशिक रूपमा भुइँमा ढाकिएको देखिएको छ । पीडितमध्ये कैयौँ महिला पनि थिए ।
- सामूहिक भावना र एकताका साथ राष्ट्र र नागरिक सेवामा समर्पित हुन जरूरी : प्रहरी महानिरीक्षक थापा
- तनहुँमा ६ आधारभूत स्वास्थ्य केन्द्र निर्माणका लागि मन्त्रालयले पठायो बजेट
- यी हुन् सशस्त्र प्रहरी महानिरीक्षक कप अन्तर्गत मंगलबार सम्पन्न खेल
- सल्लाह गरेरै डण्डि र सिमेन्ट व्यवसायीहरुले निर्माण व्यवसायमा सिन्डिकेट लगाउन खोजे : रवि सिंह
प्रतिक्रिया