
प्रधानमन्त्रीको आग्रहपछि ३ बजेलाई सर्याे प्रतिनिधिसभा बैठक

दिउँसो १ बजेलाई तय गरिएको प्रतिनिधिसभा बैठक ३ बजेलाई सरेको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को आग्रहमा सभामुख देवराज घिमिरेले बैठक दुई घण्टा पछि सारेका हुन्।
प्रधानमन्त्री दाहालले टेलिफोन गरे सभामुख घिमिरेलाई बैठक सार्न आग्रह गरेका थिए।
प्रतिनिधिसभाको अवरोध हटाउन नेकपा (माओवादी केन्द्र) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको छ।
गत असार १८ गते प्रधानमन्त्री दाहालले सरदार प्रितम सिंहको किताब विमोचनमा दिएको अभिव्यक्तिलालाई लिएर एमालेले सदन अवरोध गरिरहेको छ। उसले प्रधानमन्त्रीले राजीनामा नदिएसम्म संसद चल्न नदिने बताउँदै निरन्तर अवरोध गर्दै आएको छ।
प्रतिक्रिया