राष्ट्रियसभा बैठकमा आज पनि एमालेको अवरोध

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले राष्ट्रियसभाको आजको बैठक पनि अवरूद्ध गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले दिएको अभिव्यक्तिलाई लिएर एमालेले निरन्तर राष्ट्रियसभा र प्रतिनिधिसभा अवरूद्ध गर्दै आएको छ।

राष्ट्रियसभाको आइतबारको बैठक साढे १० बजेपछि सुरू भएको थियो। राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रियसभाको अवरोध हटाउनका लागि राष्ट्रियसभामा रहेका दलका सचेतकहरूसँग छलफल गरेका थिए।

एमाले सांसद भगवती न्यौपानेले प्रधानमन्त्रीले राजीनामा दिनुको विकल्प नभएको भन्दै राजीनामा नदिएसम्म संसद चल्न नदिने बताइन्।

एमालेकाे अवराेधसँगै अध्यक्ष तिमिल्सिनाले असार २५ गते बिहान ११ बजेर १ मिनेटमा बस्ने गरी बैठक स्थगित भएको जानकारी गराए।

नेपालमा पहिलोपल्ट ट्रक भित्र्याउने व्यवसायी प्रितम सिंहबारे किरणदीप सन्धुले लेखेको पुस्तक विमोचनका क्रममा असार १८ गते दिएको अभिव्यक्तिलाई लिएर प्रधानमन्त्री दाहालको आलोचना भइरहेको छ। प्रमुख प्रतिपक्षी एमालेले राजीनामा मागेको छ भने रास्वपालगायतका दलहरूले जवाफ मागेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर