
विषालु च्याउ खाँदा डोटीमा ११ जना बिरामी

डोटीको दिपायल सिलगढी नगरपालिका-५, इन्द्रचोकका ११ जना विषालु च्याउ खाँदा बिरामी भएका छन्। बिरामी हुनेमा दिपायल सिलगढी-५, इन्द्रचोकका अनमोल डुरा, वासु बोगटी, गङ्गा डुरा, एलिजा डुरा, मीना बोगटी, सुनिल खड्का, सकुन्तला खड्का, निशा बोगटी, बर्मा देवल, बबर देवल, सानु बोगटी रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।
बिरामी भएका सबैलाई जिल्ला अस्पताल डोटीमा उपचार सम्भव नभएपछि डडेल्धुरा अस्पताल सिफारिस गरिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक राजेन्द्र धमलाले जानकारी दिए। उनीहरूको अहिले डडेल्धुरा अस्पतालमा उपचार भइरहेको अस्पतालले जनाएको छ।
- प्रतिपक्षीहरू आफू बच्न र सरकारलाई बदनाम गर्न लागे : प्रधानमन्त्री ओली
- १० हजार सीपयुक्त जनशक्ति तयार गर्न काठमाडौं टेक्निकल स्कुल सुरु हुँदै
- न्यायिक सुधार गर्नैपर्ने भएको छ, कागजबिहीन अदालतको यात्रामा अघि बढिसक्यौँ : प्रधानन्यायाधीश
- भारतीय सेनाद्वारा बागडोग्रा आँखा शिविरमा २९ नेपाली नागरिकहरूको दृष्टि पुनर्स्थापित
प्रतिक्रिया