पढाइ छाडेको २१ वर्षपछि वडाध्यक्षले पास गरे एसईई

म्याग्दीको मङ्गला गाउँपालिका-१, कुहुँका वडाध्यक्ष एकजित रोकाले पढाइ छाडेको २१ वर्षपछि एसईई परीक्षा उत्तीर्ण गरेका छन्।

माध्यमिक शिक्षा परीक्षा, २०७९ (एसईई) मा दीपशिखा मावि, कुहुँबाट परीक्षामा सहभागी भएका वडाध्यक्ष रोका दुई दशमलव ६५ जीपीए ल्याएर उत्तीर्ण भएका हुन्। वि. सं. २०५८ मा एसएलसी परीक्षामा सामेल भएका रोकाले अनुत्तीर्ण भएपछि पढाइ नै छाडेका थिए।

एसएलसीमा फेल भएपछि उनले वैदेशिक रोजगारको सिलसिलामा मलेसिया र अफगानिस्तानमा आठ वर्ष बिताएका थिए। उनी २०६९ सालमा घर फर्किएका थिए।

घर फर्किएपछि रोका स्थानीय देउराली युवा क्लबलगायतका सङ्घ संस्थामा आबद्ध भएका थिए। उनी गत वर्षको स्थानीय तह निर्वाचनमा नेकपा (एमाले) बाट उम्मेदवार बनेर वडाध्यक्षमा निर्वाचित भएका थिए।

सामाजिक र राजनीतिक जीवन सुरू गरेपछि धेरै आफन्तबाट पढाइलाई निरन्तरता दिन सुझाव आएको र आफूलाई समेत पटक-पटक पढाइको आवश्यकताको महसुस भएपछि एसईई परीक्षा दिएको वडाध्यक्ष रोकाको भनाइ छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर