
प्रतिनिधिसभा बैठक भोलिसम्मका लागि स्थगित

आधा घण्टाका लागि स्थगित प्रतिनिधिसभाको बैठक बिहीबार दिउँसो २ बजेसम्मका लागि स्थगित गरिएको छ। नेकपा (एमाले) को अवरोधका कारण घण्टाका लागि स्थगित कैठक अब भाेलि मात्र बस्ने भएकाे हाे।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूलाई प्रधानमन्त्री बनाउन भारतीय नागरिक प्रितम सिंह पटक-पटक दिल्ली गएको भनी दिएको अभिव्यक्तिलाई लिएर एमालेले संसद अवरोध गरेको थियो।
एमालेको अवरोधपछि सभामुख देवराज घिमिरेले आधा घण्टाका लागि बैठक स्थगित गरेका थिए तर, पुनः बैठक सञ्चालन गर्ने विषयमा दलहरूबीच सहमति नजुटेपछि बिहीबारसम्मका लागि स्थगित गरिएको हो।
प्रतिक्रिया