
घुससहित इन्जिनियर पक्राउ

रूपन्देहीकाे कोटहीमाई गाउँपालिकाका इन्जिनियर अर्विन्दकुमार यादव ४५ हजार रूपैयाँ घुससहित पक्राउ परेका छन्।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले इन्जिनियर यादवलाई बुधबार घुस रकमसहित पक्राउ गरेको प्रवक्ता भोला दाहालले जानकारी दिए।
उनले वडा नम्बर ७ अन्तर्गतको सडक पीसीसी र ग्राभेल गर्ने कामको नापजाँचपछि भुक्तानी दिनका लागि सेवाग्राहीसँग घुस माग गरेका थिए।
घुस मागेको सूचना पाएपछि खटिएको अख्तियारको टोलीले उनलाई पक्राउ गरेको हो।
उनीमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।
प्रतिक्रिया