घट्यो हवाई भाडा, कुन रूटमा कति?

नेपाल आयल निगमले इन्धनको मूल्यमा कटौती गरेसँगै हवाई भाडा घटेको छ। बुधबार (असार २०) गतेबाट लागू हुने गरी आन्तरिक हवाई भाडादर घटेको हो।

नेपाल आयल निगमले हवाई इन्धनको मूल्य प्रतिलिटर १४ रूपैयाँ घटाएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले सम्बन्धित वायुसेवालाई बुधबारदेखि लागू हुने गरी भाडादर घटाउन निर्देशन दिएको हो।

यससँगै काठमाडौं-भद्रपुर भाडा चार सय २० रूपैयाँले घटेको छ। त्यसैगरी काठमाडौं-भैरहवाको भाडादर हालको भन्दा २८५ रूपैयाँले घटाइएको हो।

काठमाडौंंबाट माउन्टेन फ्लाइट ४८५, भद्रपुर ४२०, विराटनगर ३३५, जनकपुर १८०, भरतपुर १५०, पोखरा २२५, भैरहवा २८५, नेपालगञ्ज ४५५, तुम्लिङटार २६०९ र सिमराका लागि १२५ रूपैयाँ कम भएको छ।

हेर्नुस् सूची :

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *