खुल्याे नारायणगढ-मुग्लिन सडक

नारायणगढ-मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ। शनिबार राति खसेको पहिरो पन्छाएसँगै सडक सञ्चालनमा आएको हो। इच्छाकामना गाउँपालिका-५ तीन नम्बर पुलमा शनिबार राति ११:३० बजे गएको पहिरो पन्छाएपछि आज साँझदेखि सडक सञ्चालनमा आएको हो।

पहिरो खसेको १९ घण्टापछि सवारी सञ्चालनमा आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ। डिभिजन सडक कार्यालय चितवनका अनुसार एक हजार दुई सयदेखि एक हजार पाँच सय घनमिटर पहिरो खसेको पन्छाउन समय लागेको हो। सो स्थानमा दुईवटा लोडर र एउटा एक्साभेटरले बिहानैदेखि पहिरो पन्छाउने काम गरेका थिए। पहिरो पन्छाएसँगै रोकिएका सवारीसाधन गन्तव्यतर्फ लागेका छन्।

सोही स्थानमा बिहिबारदेखि पटकपटक पहिरो खस्ने गरेको छ। पहिरो पन्छाएको केही बेरमा नै पुनःपहिरो खस्ने गरेको छ। सो सडक हुँदै दैनिक १० हजारभन्दा बढी सवारी आवातजावत गर्ने गर्दछन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *