आलु र प्याजमा कर नबढाउन सांसदहरूकाे सुझाव

सांसदहरूले दैनिक उपभोग्य वस्तुमा करको दायरा नबढाउन सुझाव दिएका छन्। प्रतिनिधिसभाको आज बसेको बैठकमा आर्थिक विधेयक, २०८० माथिको छलफलका क्रममा सांसदहरूले आलु र प्याजलगायत दैनिक उपभोग्य वस्तुमा कर नबढाउन माग गरेका हुन्।

छलफलका क्रममा सांसद अमृतलाल राजवंशीले विदेशबाट मोबाइल फोन भित्राउँदा लाग्ने करले वैदेशिक रोजगारमा गएका श्रमिक मारमा परेको बताएका हुन्।

सांसद रेखा यादवले पुर्ख्याैली घरजग्गामा लाभकर हटाउनुपर्ने माग गरिन्।सांसद रञ्जुकुमारी झाले आलु र प्याजमा लागेको कर हटाउन माग गरिन्।

सांसद भगवती चौधरीले पनि दैनिक उपभोग्य वस्तुमा कर नबढाउन माग गरिन्। उनले आत्मनिर्भर नभएका वस्तुको आयातमा कर बढाउन नहुने धारणा राखिन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर