
राष्ट्र ऋण उठाउने विधेयकमा दुई सांसदको संशोधन प्रस्ताव


प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्र ऋण उठाउने विधेयक, २०८० माथि दुई सांसदले संशोधन प्रस्ताव प्रस्तुत गरेका छन्। अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रस्ताव गरेकाे राष्ट्र ऋण उठाउने विधेयक, २०८० माथि सांसदद्वय प्रेम सुवाल र सुमना श्रेष्ठले संशोधन प्रस्ताव राखेका हुन्।
सांसद सुवालले राष्ट्रले ऋण लिन आवश्यक नभएको बताए। उनले भने, ‘नेपालीको स्रोत नखुलेको सम्पत्ति राष्ट्रियकरण गर्ने, सम्पत्तिको सिमाङ्कन गर्ने र विदेशमा सम्पत्ति राख्न नपाउने व्यवस्था गरियो भने राज्यकोष मजबुद हुन्छ, ऋण लिन जरूरी हुँदैन।’
यस्तै सांसद सुमना श्रेष्ठले विभिन्न मन्त्रालयअन्तर्गतका बेरूजु र शोधभर्नाका कारण ऋण लिन सक्ने विश्वासको आधारसमेत प्रस्तुत गर्न नसक्ने अवस्थामा पुगेको बताइन्।
‘बजेटको आधाभन्दा बढी बेरूजु छ। कुन विश्वासका आधारमा अझै पनि ऋण लिने?,’ उनले प्रश्न गरिन्।
प्रतिक्रिया