
गैरकानूनी आर्जनमा आयल निगमका पूर्वकार्यकारी निर्देशक खड्का दोषी ठहर

नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपालबहादुर खड्का गैरकानूनी सम्पत्ति आर्जनको अभियोगमा दोषी ठहर भएका छन्।
विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, सदस्यहरू शालिग्राम कोइराला र डा. खुसी प्रसाद थारूको इजलासले उनलाई दोषी ठहर गरेको हो।
विशेष अदालतले उनलाई १ वर्ष ३ महिना कैद सजाय र १८ करोड रूपैयाँ बिगो भराउने आदेश गरेको हो।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले २३ पुस २०७८ मा खड्काविरूद्ध १८ करोड ६६ लाख ५ हजार ६२९ रूपैयाँ गैरकानूनी रूपमा आर्जन गरेको अभियोगमा मुद्दा दर्ता गरेको थियो।
उनी डिभिजन सडक कार्यालयको प्रमुख हुँदा अनियमिततामा मुछिएका थिए। उनी कार्यकारी निर्देशक भएकै बेला नेपाल आयोग निगमको जग्गा अनियमितता भएको थियो।
प्रतिक्रिया