महिला दर्शनार्थीमाथि याैन दुर्व्यवहार आरोपमा भैरवनाथ मन्दिरका मूल पुजारी निलम्बित

महिला दर्शनार्थीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा पाल्पाको रिब्दीकोट गाउँपालिका-४, भैरवस्थानमा अवस्थित भैरवनाथ मन्दिरका मूल पुजारी निलम्बित भएका छन्।

महिला दर्शनार्थीलाई यौन दुर्व्यवहार गरेको विषय बाहिर आएपछि बिहीबार बसेको मन्दिर व्यवस्थापन समितिको आकस्मिक बैठकले मूल पुजारी ७० वर्षीय जीतनाथ योगीलाई निलम्बन गरेको हो।

मूल पुजारी योगीमाथि मन्दिरमा दर्शन गर्न पुग्ने महिलालाई प्रसाद दिने बहानामा संवेदनशील अंगमा हात पुर्‍याएर दुर्व्यवहार गरेको आरोप छ।

प्रेस विज्ञप्ति जारी गर्दै समितिका अध्यक्ष गोविन्दबहादुर पोखरेल र सचिव दिलीप रायमाझीले दुर्व्यवहारबारे सत्यतथ्य छानबिन नहुँदासम्म उनलाई सबै जिम्मेवारीबाट निलम्बन गरिएको बताएका छन्।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *