
बजेटको पक्षमा मतदान गर्ने एकीकृत समाजवादीकाे निर्णय

सत्तारूढ दल नेकपा (एकीकृत समाजवादी) ले आज पारित गर्ने तयारी भइरहेको आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटको पक्षमा मतदान गर्ने भएको छ।
विगतमा बजेटको विषयलाई लिएर असन्तुष्ट उसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ माग सम्बोधन गर्न तयार भएपछि पक्षमा मतदान गर्ने निर्णय गरेको हो।
बुधबार बिहान बसेको संसदीय दलको बैठकले बजेटको पक्षमा मतदान गर्ने निर्णय गरेको संसदीय दलका उपनेता राजेन्द्र पाण्डेले बताए।
जेठ १५ गते संसदमा प्रस्तुत बजेट संशोधन हुनुपर्ने माग एकीकृत समाजवादीले उठाउँदै आइरहेको थियो।
प्रतिक्रिया