विषाक्त च्याउ खाँदा पाँचथरमा ९ जना बिरामी

पाँचथरमा विषाक्त च्याउ खाँदा नौ जना बिरामी परेका छन्। कुम्मायक गाउँपालिका र फिदिम नगरपालिकामा उनीहरु बिरामी परेका हुन्।

कुम्मायक गाउँपालिका-१ मा मङ्गलबार विशाक्त च्याउ खाँदा चार जना बिरामी परेका छन्। कुम्मायक-१, भदौरेका लीला थापा, हेमन्ता थापा, इन्द्रमाया नेपाली र हर्कबहादुर दर्जी विशाक्त च्याउ खाई बिरामी परेका हुन्।

उनीहरूलाई जिल्ला अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि झापाको बिर्तासिटी अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

यस्तै फिदिम नगरपालिका-११, लक्सीबोटेमा सोमबार विशाक्त च्याउ खाँदा एउटै घरका पाँच जना बिरामी भएका थिए। उनीहरूको जिल्ला अस्पतालमा उपचार गरिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *