
बालेनविरूद्धको अदालतको अवहेलना मुद्दा ‘हेर्न नभ्याइने’ मा


काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) विरूद्धको अदालतको अवहेलनाको मुद्दा ‘हेर्न नभ्याइने’ मा परेको छ।
आइतबार न्यायाधीश प्रकाशकुमार ढुङ्गानाको इजलासमा बालेनविरुद्धको रिट परेको थियो। अदालत र कानून मान्दिनँ भन्ने अभिव्यक्तिबाट अदालतको अवहेलना भएको भन्दै अधिवक्ता वर्षाकुमारी झाले सर्वोच्च अदालतमा शुक्रबार रिट दायर गरेकी थिइन् । उक्त रिटमाथि सुनुवाइका लागि आइतबार पेसी तोकिएको थियो । रिट निवेदनको अन्तिममा रहेको अधिवक्ता झाको रिट हेर्न नभ्याइनेमा परेको हो ।
बालेनले हिन्दी चलचित्र ‘आदिपुरूष’ मा ‘सीता भारतकी छोरी हुन्’ भन्ने संवाद रहेकाले त्यो नहटाएसम्म काठमाडौंका हलहरूमा कुनै पनि हिन्दी फिल्म प्रदर्शन हुन नदिने अडान लिएका थिए।
उनको यो निर्णयविरूद्ध उच्च अदालत पाटनमा दर्ता रिटमा अन्तरिम आदेश आएपछि उनले अदालत र कानून नमान्ने अभिव्यक्ति दिएका थिए। उक्त अभिव्यक्तिले अदालतको अवहेलना भएको भन्दै अधिवक्ता झाले सर्वोच्चमा निवेदन दिएकी हुन्।
- सामूहिक भावना र एकताका साथ राष्ट्र र नागरिक सेवामा समर्पित हुन जरूरी : प्रहरी महानिरीक्षक थापा
- तनहुँमा ६ आधारभूत स्वास्थ्य केन्द्र निर्माणका लागि मन्त्रालयले पठायो बजेट
- यी हुन् सशस्त्र प्रहरी महानिरीक्षक कप अन्तर्गत मंगलबार सम्पन्न खेल
- सल्लाह गरेरै डण्डि र सिमेन्ट व्यवसायीहरुले निर्माण व्यवसायमा सिन्डिकेट लगाउन खोजे : रवि सिंह
प्रतिक्रिया