पाकिस्तानमा बस दुर्घटना हुँदा १० जनाको मृत्यु, ४० भन्दा बढी घाइते
१० असार २०८० १८:४५
पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तको नवाब शाह जिल्लामा आइतबार दुई यात्रुवाहक बस एकआपसमा ठोक्किँदा कम्तीमा १० जनाको मृत्यु हुनुका साथै अन्य ४० भन्दा बढी घाइते भएका छन् ।
एक लेनको सडकमा विपरीत दिशामा गुडिरहेका दुई बसले एकै पटक दुई फरक फरक सवारी साधनलाई ओभरटेक गर्दा दुई बसहरू एक अर्कासँग ठोक्किएर दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।
दुर्घटनाको केही मिनेटभित्र नै उद्धारकर्मीहरू घटनास्थलमा पुगेका र पीडितहरूलाई स्थानीय अस्पतालहरूमा स्थानान्तरण गरिएको उद्धारकर्मीले जनाएका छन् ।
मृत्यु हुनेमा महिला र बालबालिका रहेको उद्धारकर्मीले बताएका छन् ।
देशको उत्तरपश्चिमी पेशावर शहरबाट दक्षिणी बन्दरगाह शहर कराँचीतर्फ जाँदै गरैको बस र कराँचीबाट पूर्वी पञ्जाब प्रान्ततर्फ जाँदै गरेको बस एकआपसमा ठोक्किँदा मानवीय क्षति हुन पुगेको हो ।
प्रतिक्रिया