
अख्तियारको टोली पशुपतिमा, मन्दिर खाली गराएर सुरक्षा घेराभित्र जलहरी जाँच

पशुपतिनाथ मन्दिरको ज्योतिर्लिङ्गमा राखिएको सुनको जलहरी जाँच्नका लागि अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोली पशुपतिनाथ मन्दिर पुगेको छ। मन्दिरमा दर्शनार्थीलाई रोकेर सुरक्षा घेराभित्र जलहरीको नापजाँच भइरहेकाे छ।
मन्दिर परिसरलाई नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरीको घेरामा राखी अयोगको टोलीले जलहरीको नापजाँच गरिरहेको हाे । मन्दिर क्षेत्रमा पूजाआजा गर्न गएका भक्तजनलाई बाहिर निकालेर पशुपतिका सबै ढोका लगाइएको छ।
जलहरी राख्दा अनियमिमता भएको बाहिर आएपछि त्यसबारे अख्तियारले छानबिन गरिरहेको छ।
अख्तियारको टोलीमा खानी तथा भूगर्भ विभाग, गुणस्तर तथा नापतौल विभाग र नेपाल सुनचाँदी व्यवसायी महासंघका प्रतिनिधिहरू संलग्न छन्। उनीहरूले जलहरीको तौल, सुनको गुणस्तर, तोकिएभन्दा कम रहे/नरहेकोलगायत विषयमा परीक्षण गर्नेछन् ।
- सामूहिक भावना र एकताका साथ राष्ट्र र नागरिक सेवामा समर्पित हुन जरूरी : प्रहरी महानिरीक्षक थापा
- तनहुँमा ६ आधारभूत स्वास्थ्य केन्द्र निर्माणका लागि मन्त्रालयले पठायो बजेट
- यी हुन् सशस्त्र प्रहरी महानिरीक्षक कप अन्तर्गत मंगलबार सम्पन्न खेल
- सल्लाह गरेरै डण्डि र सिमेन्ट व्यवसायीहरुले निर्माण व्यवसायमा सिन्डिकेट लगाउन खोजे : रवि सिंह
प्रतिक्रिया