गल्छीमा भारतीय बस दुर्घटना, राजमार्ग अवरुद्ध

पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छीमा भारतीय यात्रुवाहक बस दुर्घटना भएको छ ।

एआर ०६ ई ७०३१ नम्बरको भारतीय यात्रुवाहक बस सडकमै पल्टिएको छ । दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुई दर्जनबढी घाइते भएको प्रहरीले जनाएको छ ।

दुर्घटनाका कारण राजमार्ग अवरुद्ध भएको छ । राजमार्गमा काठमाडौं भित्रिने र बाहिरिने सवारीसाधनको लामो लाम लागेको छ । सुरक्षाकर्मी र सडक विभागले क्रेनको सहयोगमा दुर्घटनाग्रस्त बसलाई हटाउने प्रयास गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *