
विद्युत प्राधिकरणका पूर्वइन्जिनियरविरूद्ध करिब साढे एक करोडको भ्रष्टाचार मुद्दा


नेपाल विद्युत प्राधिकरणका तत्कालीन मेकानिकल इन्जिनियर कृष्णप्रसाद यादवविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ।
गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले उनीविरूद्ध बिहीबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो।
सरकारी सेवामा रहँदाको अवधिमा उनले घर निर्माण, जग्गा खरिद, छोरीहरू विदेश पठाउँदाको खर्च, शेयर सबै गर्दा ३ करोड १३ लाख ९८ हजार ५९४ रूपैयाँ ९० पैसा खर्च तथा लगानी गरेको अख्तियारले ठहर गरेको छ। उनले २०४८ फागुन ९ मा सरकारी सेवामा प्रवेश गरी २०७९ जेठ ९ मा अवकाश पाएका थिए।
यस अवधिमा उनको वैध आम्दानी १ करोड ७१ लाख ४६ हजार ४४ रूपैयाँ ४९ पैसा मात्र भएको अख्तियारले बताएको छ। उनले १ करोड ४२ लाख ५२ हजार ५५० रूपैयाँ गैरकानूनी आर्जन गरेको अख्तियारले दाबी गरेको छ।
स्रोत नखुल्ने सम्पत्तिबाट उनले श्रीमती मञ्जुदेवी यादवको नाममा घरजग्गा, शेयर खरिद गरेको भन्दै अख्तियारले उनलाई पनि प्रतिवादी बनाएको छ।
- सामूहिक भावना र एकताका साथ राष्ट्र र नागरिक सेवामा समर्पित हुन जरूरी : प्रहरी महानिरीक्षक थापा
- तनहुँमा ६ आधारभूत स्वास्थ्य केन्द्र निर्माणका लागि मन्त्रालयले पठायो बजेट
- यी हुन् सशस्त्र प्रहरी महानिरीक्षक कप अन्तर्गत मंगलबार सम्पन्न खेल
- सल्लाह गरेरै डण्डि र सिमेन्ट व्यवसायीहरुले निर्माण व्यवसायमा सिन्डिकेट लगाउन खोजे : रवि सिंह
प्रतिक्रिया