उपप्राध्यापक चलाउनेमाथि आक्रमण गर्नेविरूद्धको मुद्दा फिर्ता नलिन सर्वोच्चको अन्तरिम आदेश

आफूमाथि सांघातिक आक्रमण गर्ने नेपाल विद्यार्थी संघका कार्यकताविरूद्ध दर्ता मुद्दा फिर्ता लिने सरकारको निर्णयविरूद्ध उपप्राध्यापक प्रेम चलाउनेले दर्ता गरेको रिटमा अन्तरिम आदेश आएको छ।

मुद्दा फिर्ता लिने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वाेच्च अदालतले अन्तरिम आदेश जारी गरेको हो।

न्यायाधीश डा. मनोजकुमार शर्माको एकल इजलासमा भएको छलफलपछि मन्त्रिपरिषदको गत मंगलबारको सो निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी भएको हो।

चलाउनेको तर्फबाट अधिवक्ता राधिका खतिवडालगायतले बहस गरेका थिए।

अदालतले प्राध्यापक चलाउनेमाथि सांघातिक आक्रमण गरेर अपांग बनाउनेहरूविरूद्धको मुद्दा फिर्ता किन लिइएको हो भनेर सरकारका नाममा कारण देखाऊ आदेशसमेत जारी गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *