नवलपरासीमा चट्याङ लागेर एक जनाको मृत्यु

नवलपरासी (बर्दघाट सुस्तापूर्व) को विनयी त्रिवेणी गाउँपालिका-१, भटुकेमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक सन्तोष पाठकका अनुसार बुधबार विहान साढे ६ बजे ५७ वर्षिय छविलाल सारुको चट्याङ लागेर मृत्यु भएको हो।
उनलाई खेतमा काम गर्ने क्रममा चट्याङ लागेको थियो। चट्याङ लागेर घाइते भएका उनलाई घर ल्याउने क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ । सारू श्रीमतीसँगै खेतमा काम गर्दै थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *