![Pardafas.com](https://www.pardafas.com/wp-content/uploads/2022/06/pardafas-logo.png)
बौद्धको हस्तकला पसलबाट साढे ३३ लाख रूपैयाँसहित हुण्डी कारोबारी पक्राउ
![clock](https://www.pardafas.com/wp-content/themes/pardafas/assets/img/clock-icon.png)
![बौद्धको हस्तकला पसलबाट साढे ३३ लाख रूपैयाँसहित हुण्डी कारोबारी पक्राउ](https://www.pardafas.com/wp-content/uploads/2023/06/hundi.jpg)
प्रहरीले काठमाडौंको बौद्धबाट ३३ लाख ५० हजार रूपैयाँसहित एक जना हुण्डी कारोबारीलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा मनाङको ङिस्याङ गाउँपालिका-४ घर भएका ३० वर्षीय कर्मा ल्हामो गुरूङ छन्।
काठमाडौं महानगरपालिका-६, बौद्ध फूलबारीमा नाम्गेल भन्ने किंगाले सञ्चालन गरेको हिमालयन हस्तकला नामक पसलबाट स्रोत नखुलेको सो रकमसहिच उनी पक्राउ परेका हुन्।
मंगलबार पसलमा हुण्डी कारोबार भइरहेको छ भन्ने गोप्य सूचनाका आधारमा प्रहरी वृत्त, बौद्धबाट डीएसपीको कमाण्डमा खटिएको टोलीले पसलमा चेकजाँच तथा खानतलाखी गर्दा उक्त रकम बरामद भएको हो।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया