जीप दुर्घटनामा सुदूरपश्चिमका आन्तरिक मामिलामन्त्रीकी पत्नीसहित २ जनाको मृत्यु

गम्भीर घाइते मन्त्रीलाई थप उपचारका लागि नेपालगञ्ज लगियाे

बझाङमा सुदूरपश्चिम प्रदेश सरकारका मन्त्री सवार जीप दुर्घटना हुँदा मन्त्रीकी पत्नीसहित दुई जनाको मृत्यु भएको छ।

दुर्घटनामा सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री पृथ्वीबहादुर सिंहकी पत्नी अमृता सिंह र अमृताकी भाउजू जयादेवी सिंहको मृत्यु भएकाे घटनास्थलमा रहेका सुरक्षाकर्मीले जानकारी दिएका छन्।

दुर्घटनामा गम्भीर घाइते मन्त्री सिंहसहित तीन जनालाई भने थप उपचारका लागि हेलिकप्टोरबाट नेपालगञ्ज लगिएको छ।

घाइते मन्त्री सिंह, उनका पीएसओ सहायक प्रहरी हवल्दार दीपक भण्डारी र गाडी चालक धर्मराज जोशीलाई उपचारका लागि नेपालगञ्ज लगिएको हो।

सुदूरपश्चिम सरकारका मन्त्री सिंह चढेको सुपप्र ०१००१ झ ४८० नम्बरको गाडी डडेलधुराबाट चैनपुर जाने क्रममा मंगलबार दिउँसो दुई बजेतिर केदारस्युँ गाउापालिकाको धारछडा भन्ने ठाउँमा सडकबाट अन्दाजी ५० मिटर तल कालंगा खोला किनारमा खसेको थियो।

दुर्घटनामा घाइते भएकालाई अर्को गाडीमा रहेका सुरक्षाकर्मीले उद्धार गरी केदारस्युँ गाउँपालिका-१, देउरास्थित ऋतु पोलिक्लिनिकमा पुर्‍याएका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *